
कञ्चनपुर । सुदुरपश्चिम प्रदेशमा डेंगुको संक्रमण बढ्न थालेको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेंगुलगायत रोगको संक्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्न थालेको हो ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेंगुको संक्रमण पनि बढ्न थालेको छ । गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेंगुको संक्रमण देखिएको उनले बताए ।
सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना संक्रमति फेला परेको निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांकअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा संक्रमण देखिएको छ ।
