प्रेरक प्रसङ्ग : किन हतोत्साहित बन्ने ?

मनिषा गुरुङ
काठमाडौं ।विगतमा जे–जे दुख ,कष्ट,नोक्सान आदि बेहोरिए पनि त्यस विषयलाई लिएर अहिले व्यर्थमा तड्पिनु,कल्पिनु र दुःख मनाउ गर्नु बेकार छ।किनभने त्यसबाट कुनै फाइदा छैन। हानी हुँदा दुःख र निराशा त हरेक व्यक्तिले प्रकट गर्न सक्छन्।

रुन,कराउन र कायरता देखाउन त सबैलाई आउँछ।पौरख देखाउने हो भने, हानिबाट पनि लाभ उठाउन सक्नुपर्छ।दिक्दार मनलाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ। त्यस्तै बिग्रेको कुरालाई मिलाउन सक्नुपर्छ अनि फाटेको मनलाई सिलाउन सक्नुपर्छ।भने,दिक्दार मललाई प्रफुल्लित तुल्याउन सक्नुपर्छ ।कुनै पनि बिग्रेको कुरा बनाउन र सपार्न बुद्धिमताको आवश्यकता पर्दछ।हानीमा रुनेहरु,आलस्य ,कायरता,मूर्खताको कारण हो।त्यसो भए किन मूर्ख बन्ने ? किन आफ्नो मनमा उब्जने चिन्ताका कारणहरुलाई हटाएर त्यसलाई आशा र उत्साहसँगै प्रेरणामा परिणत नगर्ने त?

सुन्दास र मिल्टन अन्धा थिए तर उनिहरुले आफ्नो अन्धोपनको सदुपयोग गरेर यसरी गरे कि उनीहरुका भित्री चक्षु खुले,यसले गर्दा उनीहरु विश्व प्रसिद्ध भए।भीष्मपितामह र ईशुमा आफ्ना् छोराछोरीको अभाव थियो,चाणक्य र सुकरातमा शारीरिक सौन्दर्यको अभाव थियो,नेपोलिएन र हिटलरमा धन र पारिवारिक प्रतिष्ठाको अभाव थियो।

बुद्धलाई नाता सम्बन्धहरुको प्रेमको अभाव थियो।तर ती महापुरुषहरुले आफ्ना कमजोरी र अभावमा पनि चिन्तित र विचलित नभई लक्ष्यलाई आत्मसात् गर्दै गए।ऋनि उनीहरुले आफूमा भएको दृढता,आत्मशक्ति एवं सतत कर्मद्धारा चिन्ता र नैराश्यताको भावनालाई अगाडि पर्नै दिएनन्।त्यस्तो कष्टदायी परिस्थितिमा पनि खरो उत्रेर उनीहरु महान बने।

त्यसैले स–साना दुःख कष्ट आइपर्दा चिन्तित हुनुपर्ने कुनै कारण छैन।किन बेकारमा तिललाई पहाड बनाउने हैन त ?—प्रेरणै प्रेरणा