प्रेरक प्रसङ्ग : कुसंगतको फल

मनिषा गुरुङ
काठमाडौं ।केही बकुल्लाहरु हरेक दिनजसो एक जना किसानको खेतमा आहार खोज्ने निहुँमा गई बालीलाई बर्बाद गर्दथे।

दिनहुँजसो बकुल्लाहरुले खेतीको नोक्सान पु¥याएको हुनाले तिनलाई नसमाती भएन भनेर एक दिन किसानले खेतमा जाल बिछ्याएर राख्यो ।भोलिपल्ट जाल विछ्याएको ठाउँमा गई हेर्दा त सैयौं बकुल्लाहरु जालमा परेका त्यो किसानले देख्यो।ती बकुल्लाहरुमध्ये एउटा सारस पनि जालमा परेछ।आफु अञ्जानमा फसेको देखी सारसले साहस पूर्वक किसानलाई भन्यो, ’हेर्नुहोस् न ! म बेफ्वाँकमा हुलमुलमा परेँ।मैले तपाईँको केही विगारेको छैन। कृपया मलाई छाडिदिनुहोस्।

म बकुल्लाजस्तो विगार गर्ने पंक्षी होइन।म उनीहरुभन्दा भर्मपरायण छु।अर्काको विगार गर्ने मेरो स्वभाव नै छैन।म आफ्ना आमा बाबुको अति नै सम्मान गर्छु।विभिन्न ठाउँमा गई आहार खोजेर आफ्नो बाहुबलले उहाँहरुको लालन–पालन गर्छु।

उसको कुरा सुनि किसानले भन्यो–तिम्रो सबै कुरा सुनेँ। सुन्दा दया माया लाग्यो तर के गर्ने,मेरो बाली नास गर्ने बकुल्लाहरुकै साथमा तिमी पनि समातिएको हुनाले उनीहरुलाई सजाय दिने तर तिमीलाई छाडिदिने काम मबाट हुँन सक्दैन ।त्यसैले तिमीले पनि सजाय भोग्नै पर्छ।किनने कुसंगतको फल दुखदायी नै हुन्छ।

अनि एउटा उक्ति नै छ नि! झिंगाको संगत गरे फोहोर तिर,मौरीको संगत गरे महतिर!कि कसो ?

तसर्थ जबसम्म असल साथी भेटिँदैन बरु एक्लै हिंड्नु तर कुसंगतको पछि कहिले नलाग्नु !

—प्रेरणै प्रेरणा