
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबीच सहमतिका लागि कुनै पनि समयको सीमा नहुने बताएका छन्।
कांग्रेस र एमालेबीच मध्यरातमा सहमति भएको आरोपलाई चिर्दै उनले राजनीतिक दलको कुनै अफिस टाइम नहुने बताएका हुन्।मंगलबार वैठकमा जारी प्रधानमन्त्रीसँग सवालजवाफमा सांसद दुर्गा राईले सोधेको मध्यरातमा सहमति गर्नुको कारण के हो ? भन्ने प्रश्नको जवाफमा उनले यस्तो जवाफ दिएका हुन् ।
जवाफमा उनले भनेका थिए,‘मैले नबुझ्या हामी यो गरिमामय सदनमा के कस्ता कुरामा अल्झिदैछौं ? पार्टीभित्र भएका सहमति ‘एएम’ मा कि ‘पीएम’ मा हुनुपर्छ ? कति बजेर कति बजेमा हुनुपर्छ ? यस्तो कहीँ कतै छ र ? यस्तो हुन्छ ? एएमभित्र सक्नुपर्छ ? यति बजेर यति मिनेट गएपछि अफिस अफ हुन्छ र ? राजनीतिक दलको अफिस अफ हुँदैन।राजनीतिक गतिविधिको समय अफ हुँदैन ।घडी अफ हुँदैन ।’
‘समय गतिशील छ।थकाइ लागेकाहरू दिउँसो पनि सुत्छन्, थकाइ नलागेकाहरू बस्छन् काम पनि गर्छन् ।यस्तो सानोतिनो कुरामा टाउको दुखाएर समय खेर नफालौं ।’उनले भने्का थिए ।
