
१७ साउन,काठमाडौं ।नेकपा एमालेको सचिवालयको बैठक बस्दै छ ।
बैठक आज बिहिबार बिहान ११ बजे हनुमानस्थानस्थित होटेल बसेरामा बस्ने बताइएको छ।एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सो बैठकले केन्द्रीय नेताहरुको कार्यविभाजन गर्नेछ ।
गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरे बमोजिम बैठकले यस सम्बन्धि मापदण्ड बनाएर केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख गौतमको भनाई छ ।
