बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त

हेटौँडा ।बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा शुकदेव काफ्ले नियुक्त भएका छन्।

नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम मुख्यमन्त्री बहादुरसिंह लामाको सिफारिसमा काफ्लेलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलका अनुसारपच्चीस वर्षदेखि निरन्तर कानुन व्यवसायीका रुपमा कार्यरत उनले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीमबहादुर तामाङ र पूर्वमहिला तथा समाजकल्याणमन्त्री लीला कोइरालाको सल्लाहकार भएरसमेत काम गरिसकेका छन्।

उनी नेपाल बार एशोसिएसनको सदस्य समेत हुन्।उनले नेपाल बार एशोसिएसन र काठमाडौं जिल्ला बारका विभिन्न समिति रहेर काम गरेका छन्।