
१४, असोज काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । उनी आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ ।
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै यहि असोज ४ गते न्युयोर्क गएका थिए ।
