
मनिषा गुरुङ २१ कार्तिक,काठमाडौं ।नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ।
आगामी २४ कात्तिकमा सचिवालय बैठक बोलाएको एमाले पोलिटब्युरो सदस्य तथा काठमाडौं क्षेत्र नं ७ का इन्चार्ज कृष्ण राइले बताए।
मंगलबार साँझ काठमाडौं महानगरपालिका वडा नं १६ को १० औं पूर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज राईले सो बारे जानकारी गराएका हुन्।
सो सचिवालय बैठकमा स्थानीय तहको उपनिर्वाचन,सिफारिस उम्मेदवारको नामावलीको छिनोफानो लगायत,समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको एमाले १६ नं वडा कामिटीका अध्यक्ष जयप्रकाश श्रेष्ठले जानकारी दिए ।
एमाले १६ नं वडा कमिटीले कामपा १६ को वडा अध्यक्षका लागि लक्ष्मीरत्न तुलाधरको एकल नाम सर्वसम्मले सिफारिस गरि नगर कमिटीमा पेश गरिसकेको पनि अध्यक्ष श्रेष्ठले बताए ।

