सुनको मूल्य बढ्यो

४, मंसिर काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेर एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।आज चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।