
७, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १ हजार पाँच सय रुपैयाँले बढेर एक लाख ६५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६४ हजार रूपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी दश रुपैयाँले घटेर प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।
