
९, मंसिर काठमाडों । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकनै आइतबार चिकित्सा शिक्षा आयोगको १५ औँ बैठक बस्दै छ ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेन्डामा सामान्य विषय मात्र समेटिएका छन् ।
