फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : उपप्रधानमन्त्री सिंह

९, मंसिर काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले फोहोर व्यवस्थापनको विषयमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।

आइतबार सिंहदरवारमा फोहोर मैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले फोहोर मैला व्यवस्थापनमा राजनीति गर्न नहुने बताएका हुन् ।फोहोर व्यवस्थापनमा भइरहेको राजनीतिलाई अब टाढा राख्न जरुरी रहेको उल्लेख गर्दै उनले भने,‘ देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौँ रु’

संघीयताको मर्मअनुसार तीनै तहका सरकारले आ(आफ्नो कार्यक्षेत्रमा फोहोर व्यवस्थापनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने उनको धारणा छ ।