
१३, मंसिर काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर १ लाख ४९ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै बिहीबार चाँदीको मूल्य १ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको थियो ।
