
१३ पुस,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयका दीक्षित विद्यार्थीलाई जुन क्षेत्रमा रहेपनि आदर्श व्यक्तिको रूपमा स्थापित हुनुस् भन्दै आग्रह गरेका छन् ।
आज शनिबार त्रिवीको ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले प्राप्त गरेको ज्ञान, सीप तथा प्रविधिको माध्यमबाट शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत समाज बनाउन विद्यार्थीहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘ हामीले बनाउन खोजेको समाज एउट इमान्दार समाज हो । सुसंस्कृतिक समाज हो । लोकतान्त्रिक समाज हो र नागरिक सर्वोच्चताको समाज हो । यो समाज शिष्ट, सभ्य, मर्यादित र सुसंस्कृत हुनुपर्दछ ।’
‘सबै नेपाली शान्तिमय वातावरणामा ढुक्कले बाँचेका छन् ।सम्मानित जीवन बाँचेका छन् ।सुखी जीवन बाँचेका छन् त्यस्तो समाज बनाउन हामीले प्राप्त गरेको ज्ञान, सीप प्रविधि प्रयोग गर्न सक्नुपर्छ ।’प्रभानमन्त्री ओलिले भने ।साथै उनले नेपाली विश्वको कुनै शक्तिसँग पनि नझुक्ने स्वाभिमानी नागरिक भएको भन्दैदेशभक्तिको भावना नछाड्न आग्रह गरे ।
‘विश्वमा उपनिवेशवादले दुनियाँमा राज गरेको बेलामा स्वाधीन रहन सकेको सानो मुलुक, जसले हार्न जानेन( त्यस देशका स्वाभिमानी नागरिक हौं हामी । त्यसैले देशभक्तिको भावना छाड्न हुँदैन । हामी बुद्धको देशका मान्छे हौं । हामी शान्ति चाहन्छौं ।’प्रधानमन्त्री ओलीले भने ।
