शिक्षक सेवा आयोगले माग्यो ३६७ मावि तहका शिक्षकको लागि आवेदन

२८, पुस काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ । पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।

आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । यसअघि गत वर्ष ४३६ पदका लागि विज्ञापन आह्वान गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष ६९ पदका लागि कम विज्ञापन खोलिएको हो । आयोगले सातै प्रदेशका लागि नेपाली विषयका लागि ५१ जनाको लागि आवेदन माग गरेको छ ।