
६,माघ ललितपुर । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का नेताहरूले नयाँ राजनीतिक शक्तिहरूबीच ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् ।
उक्त पार्टीको ललितपुर महानगर भेलामा आज नेताहरूले समाज परिवर्तनका लागि भनेर स्थापना भएका नयाँ राजनीतिक शक्तिहरू साझा उद्देश्य पूर्तिका लागि एक ठाउँमा आउनुपर्ने आवश्यकता औँल्याएका हुन् । मात्र पार्टीका केन्द्रीय सचिवालय सदस्य दुर्गा शोबले समाजमा रहेको यथास्थितिवादी सोचलाई परिवर्तन गर्दै आधुनिक र समुन्नत समाज निर्माणका काम गर्नुपर्नेमा जोड दिइन् ।
यसमा जनप्रतिनिधिको भूमिका अझ बढी रहेको उनको भनाइ थियो । “जुन पार्टीबाट जितेको भए पनि जनताको प्रतिनिधि हो, उनीहरूले सबैका लागि काम गर्नुपर्छ । हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूले गलत कुराको विरोध र खबरदारी गर्नुपर्छ”, शोबले भनिन् ।
