कोशी प्रदेश सभाको हिउँदे अधिवेशन आजदेखि

७, माघ विराटनगर । गत असोज ४ गतेदेखि बजेट अधिवेशन अन्त्य भएको कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।

आजको बैठकका लागि पाँचवटा कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१ पेस हुनेछ भने सभामुखबाट जारी भएको बाधा अड्काउ फुकाउने आदेश अनुमोदनका लागि पेस गर्ने कार्यसूची छ ।