
१५, माघ काठमाडौं । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्ने क्रममा भएको तनावबारे छलफल गर्न गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। मन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, तेह्रथुम र इलामका प्रतिनिधि सभा सदस्यहरूलाई छलफल गर्नका लागि आज साँझ ५ बजे गृह मन्त्रालयमा बोलाएका हुन् ।
पाथीभरा क्षेत्रमा केवलकार निर्माण गर्न नहुने माग स्थानीयले राख्दै आएका छन् । सोही क्रममा गत शनिबार ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा दुई जना र भाग दौडमा लडेर एक जना गरी जम्मा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको काठमाडौँमा उपचार भइरहेको छ ।
