एचपिभी खोप सेवा सञ्चालनमा विद्यालयको महत्त्वपूर्ण भूमिका स् शिक्षामन्त्री भट्टराई

१७, माघ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले किशोरीलाई लगाउन थालिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप सेवा सञ्चालन र कार्यान्वयनमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

आज उनले भिडियो सन्देश जारी गरी पाठेघरको मुखको क्यान्सर रोगविरुद्ध दिइने एचपिभी खोपका बारेमा विद्यालयका शिक्षक–शिक्षिका र विद्यार्थीमार्फत घरपरिवारसम्म सन्देश प्रवाह गर्न भूमिका निर्वाह प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।