जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित हुनु हुँदैन :सभामुख घिमिरे

१८, माघ काठमाडौं । सभामुख देवराज घिमिरेले आजदेखि सुरु भएको अधिवेशन कानून निर्माण र जनसरोकारका मुद्दाहरूको सम्बोधन लगायतमा फलदायी हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संसद्लाई लोकतन्त्रको मन्दिरको रूपमा लिने गरिएको बताए। उनले भने, ‘यहाँ व्यक्त भएका विचारलाई परिष्कृत गर्दै हामी नीति निर्माणसम्म पुग्दछौँ ।

संसदमा विवाद, छलफल र बहस हुनु नौलो होइन, तर हाम्रा निचोडहरू सहमतिको संगमस्थल बन्नुपर्दछ । जनताको अभिमत बोकेका राजनीतिक दलहरू साँघुरो गल्लीमा सीमित नभई, राष्ट्रिय हितको विशाल मार्गमा अघि बढ्नुपर्छ ।