
२४ माघ, काठमडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी चैत ५ गते गर्न विद्यार्थी संगठन सहमत भएका छन् । शैक्षिक क्यालेन्डरमा फागुन १५ मा गर्ने उल्लेख थियो ।
तर कानुनी जटिलताले विद्यार्थी कल्याण परिषद्ले चैत ५ मा गर्ने निर्णय गरेको थियो । यसमा विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै आएका थिए ।
तर बुधबार विश्वविद्यालयले विद्यार्थी संगठनका प्रतिनिधिसँग छलफल गरेपछि चुनावमा सहभागी हुन विद्यार्थी संगठन तयार भएका हुन् ।
‘चुनावमा गराउनेमा सबै विद्यार्थी संगठनका प्रतिनिधिले प्रतिबद्धता जनाउनु भएको छ । चुनावको माहोल बनेको छ,’ परिषद्का सदस्य सचिव पशुपति अधिकारीले भने ।
