फेरी बढ्यो सुनको मूल्य,आज कतिमा हुँदैछ कारोबार ?

२४, माघ काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य फेरी बढेको छ । बिहीबार सुन तोलामा एक हजार ६०० रुपैयाँले बढेर १ लाख ६८ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन प्रतितोला एक लाख ६६ हजार ९०० सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।