
२४, माघ काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऋण लिनु हुँदैन भन्नु विकासविरोधी भएको बताएका छन्।
नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको भन्दै उनले यो चिन्तनले नेपाललाई सधैँ पछि धकेल्ने बताए।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘राज्य र ऋण’ का कुरा लेखेका पोखरेलले नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको समेत स्मरण गराएका छन् ।पोखरेलले आय र व्ययबीच सन्तुलन कायम राख्न आन्तरिक र बाह्य ऋण लिने प्रचन सबैतिर हुने तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा भएको लेखेका छन्।
‘ऋण नै लिनु हुदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोशिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफुलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो’, पोखरेलले लेखेका छन्।
