सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

६, फागुन काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो ।

महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यसैबीच मंगलबार स्थिर छ । सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी मंगलबार पनि सोही मूल्य कायम भएको छ ।