नेपालमा बोलिने भाषा जोगाउन आवश्यक छ : मन्त्री पाण्डे

९, फागुन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भएका भाषाहरु जोगाउनु आवश्यक रहेको बताएका छन् । शुक्रवार काठमाडौँमा भाषा प्रयोगशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भाषाहरु नेपालमा १३१ रहेको र अझै बढ्नसक्ने बताए । उनले भाषा आयोगको प्रमुख कर्तव्य नै भाषाहरुको संरक्षण र संवद्र्धन गर्नु रहेको बताउँदै आयोगले सम्पूर्ण नेपालमा बोलिने भाषाहरुको अभिभाकत्व लिएर भाषाको संरक्षण र प्रवद्र्धन गर्न जरुरी रहेको बताए । उनले संघीय भाषा ऐन बनाउन मन्त्रालयले पहल गरिरहेको र कानून मन्त्रालयमा पुगेको उल्लेख गरे ।