सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

३, चैत काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला चार सय रुपैयाँले घटेर आज तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।