
६, चैत मकवानपुर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत हेटौँडाको वन विज्ञान क्याम्पसको सभापतिमा नेविसंघको तर्फबाट श्यामराज भट्ट निर्वाचित भएका छन् ।
नेविसंघ र अनेरास्ववियुको प्यानलबाट भट्ट २४६ मत सहित विजयी भए । उनका प्रतिस्पर्धी अनेरास्ववियु (क्रान्तिकारी) का छत्र शाहीले ११८ मत ल्याए ।सचिवमा अनेरास्ववियुका सुगम भुसाल क्षेत्री २६७ मत सहित विजयी बन्दा उनका प्रतिस्पर्धी रमेश सिह बोहराले १०१ मत प्राप्त गरे ।
कोषाध्यक्षमा नेविसंघकी पूर्णिमा पन्त १६७ मत सहित विजयी हुँदा उनकी प्रतिस्पर्धी क्रान्तिकारीकी निरुता श्रेष्ठले १०२ मत ल्याइन् । सदस्यतर्फ पनि गठबन्धनकै युनिशा धामी, विनय तिमल्सिना,रोहन केसी, जष्टिना श्रेष्ठ र किरणकुमार रावल विजयी भए ।
