चैत २४ गते सार्वजनिक बिदा,यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

६ चैत, काठमाडौं । सरकारले आगामी चैत २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २४ गते सार्वजनिक बिदा दिने निर्णय लिएको हो ।

त्यस्तै, नेपाली सेनातर्फ उपरथी पदमा एउटा विशेष बढुवा, एउटा सहायक रथी पदमा बढुवा लगायतका विभिन्न ११ वटा निर्णय सो दिन बसेको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

उक्त बैठकका निर्णयहरू बुधबार पत्रबार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।