तीनकुने प्रदर्शनमा ज्यान गुमाएका सविनको पशुपतिमा दाहसंस्कार

१९ चैत,काठमाडौं ।१५ चैतमा तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा ज्यान गुमाएका कीर्तिपुरका सविन महर्जनको अन्तिम दाहसंस्कार गरिएको छ ।

आज त्रिवि शिक्षण अस्पतालमा उनको शवको पोस्टमार्टम गरेलगत्तै परिवारले पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरेको हो । शवमा  बुवा श्रीकृष्ण महर्जनले दागबत्ति दिएका छन् ।

पोस्टमार्टमको क्रममा उनको शरीरिमा गोली लागेको खुलेको छ ।