सुनको मूल्य बढ्यो, चाँदी घट्यो

४ जेठ, काठमाडौं । सोमबार सुनको भाउ बढेको छ भने चाँदी घटेको छ । अघिल्लो दिन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको सुन आज ८ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार ४ जेठका लागि सुनको भाउ तोलाको २ लाख ९४ हजार ८ सय रुपैयाँ तय गरेको छ।सुनको भाउ अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँले बढेको छ।

चाँदीको भाउ तोलाको ५ हजार ४० रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनभन्दा २० रुपैयाँले घटेको हो।