
२४, चैत काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्ने मागसहित नेपाल शिक्षक महासंघको नेतृत्वमा मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू अहिले सडक आन्दोलनमा छन् । आन्दोलन चर्किँदै जाँदा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र शिक्षकबीच भएको सहमति तत्काल कार्यान्वयन गर्न आग्रह गरेका छन् ।
कोइरालाले एक सार्वजनिक अपिल जारी गर्दै शिक्षकको समस्या समाधान गर्दै नियमित पठनपाठनको वातावरण बनाउन सरकारसँग आग्रह गरेका हुन्। “सरकार र महासंघबीच भएका सहमतिअनुसार विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्नुपर्ने आवश्यकता छ,” उनले उल्लेख गरेका छन् ।
