
२६, चैत काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि आज काठमाडौँको बल्खुमा विरोध प्रदर्शन गर्दैछ । विभिन्न स्थानबाट र्याली निकाल्दै बल्खुमा कार्यक्रम गर्ने गरी राप्रपाले तयारी गरेको छ ।
उक्त प्रदर्शन अवधिलाई मध्यनजर गर्दै सवारी साधनलाई डाइभर्सनको व्यवस्था मिलाइएको छ । जस अनुसार खसिबजार मकालु कलंकी चोक बाफलमा डाइभर्सको एउटा रुट तय गरिएको छ । त्यस्तै, बल्खु चोक कुलेश्वरकालिमाटी चोक हुँदै टेकुमा पनि डाइभर्सन गरिने बताइएको छ । कीर्तिपुर सुन्दरीघाटसानेपा हुँदै एकान्तकुनामा पनि सवारी डाइभर्सन गरिएको छ ।
आवश्यक परेको खण्डमा त्रिपुरेश्वर(बालाजु(हलचोक(नैकाप हुँदै सितापाईला र चोभार(फर्पिङ(नख्खु दोबाटो हुँदै कोटेश्वरतर्फ सवारी डाइभर्सन गरिने ट्राफिक प्रहरीले बताएको छ ।
कार्यक्रममा सहभागी हुन आउनेहरूका लागि टीयू गेटदेखि चोभार सडक, सानेपा करिडोर सडक (दुवैतर्फ) र चोभार सुख्खा बन्दरगाहमा पार्किङको व्यवस्था मिलाइएको छ । नयाँबसपार्क र सितापाईला–बाफल सडक खण्डमा एक लाइन पार्किङको व्यवस्था मिलाइएको छ
