प्रि-ओपन सेसनमा नेप्से परिसूचक १६.४३ अंकले बढ्यो

२, वैशाख काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक १६.४३ अंकले घटेर २६७८.५१ विन्दुमा अडिएको छ ।

यो समयमा ५६ स्क्रिप्सको ५० हजार ७५८ कित्ता सेयर २ करोड ९८ लाख ७८ हजार ४२१ रुपैयाँमा खरिदबिक्री भएका छन् । कारोबारमा आएकामध्ये ३६ स्टक्सको मूल्य बढ्दा १७ वटाको घटेको छ भने दुई वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रहेको छ ।