नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल

१३, वैशाख काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतको निर्देशनात्मक आदेशलाई आत्मसात् गरी वार्ताबाटै शिक्षकहरुको समस्याको समाधान खोज्नुपर्ने बताएका छन् । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले उक्त कुरा बताएका हुन् ।

साथै उनले नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुने समेत बताए । उनले लेखेका छन्,‘महासङ्घ वार्तामा वस्ने नै भए पछि पारदर्शी ढङ्गले नै वार्ताको टेवलमा जानु राम्रो हुन्छ । आफ्नो तर्फको वार्ता टोलीको नाम सार्वजनिक गरेर नै वार्तामा वस्नु राम्रो हो । समस्याको समाधान खोज्ने हो भने वार्ता टोली भिमकाय बनाउनु भन्दा चुस्त दुरुस्त बनाउनु राम्रो हो ।’

उनले शिक्षक महासंघकै सम्पर्क शुत्रले वार्तामा आउने शिक्षकको नाम शिक्षा मन्त्रालयलाई उपलब्ध गराएको भएपनि मन्त्रालयले नै वार्ता टोलिको नाम तय गर्‍यो भन्नु उचित नभएको बताए । दुई पक्षबिचको यति हदसम्मको अविश्वास उचित नहुने उनको भनाई छ ।