
२६, वैशाख काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार भने तोलामा एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
