
१४, जेठ काठमाडौं । नेकपा एमालेले विपद् जोखिम न्यूनीकरणका लागि मातहतका कमिटीहरूलाई सक्रिय बनाउने भएको छ ।
सो पार्टीको केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले मंगलबार रणनीतिक कार्यशालाले ११ बुँदे कार्ययोजना पारित गरेको छ । विभाग प्रमुख खिमलाल भट्टराईका अनुसार सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन स्वयंसेवा विभाग गठन गरिनेछ ।
कार्यशालामा महासचिव शङ्कर पोखरेलले पार्टीका सबै जिल्ला कमिटी मातहत विपद् व्यवस्थापन तथा स्वयंसेवा विभाग गठन गर्न र पार्टी कमिटीहरूलाई बाढी पहिरो र डुबानबाट हुन सक्ने जोखिमको न्यूनीकरणका निम्ति पूर्व तयारी, सचेतना तथा उद्धार र राहतका कार्यहरूमा जुट्न निर्देशन दिएका छन् ।

