
१४ साउन,काठमाडौं ।गृह मन्त्रालयमा मुस्लिक आयोग र हिन्दु संघसंस्थाका पदाधिकारीबीच छलफल सुरु भएको छ ।
गृहसचिव राजकुमार श्रेष्ठको उपस्थितिमा छलफल जारी रहेको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन् ।
उनका अनुसार पछिल्लो केही दिन यता तराईमधेशमा देखा परेका तनाव अन्त्य गर्ने विषयमा छलफल केन्द्रित रहेको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आ(आफ्नो जिल्ला र क्षेत्रमा गएर सामाजिक सद्भावका काममा जुट्न निर्देशन दिएका छन् ।
बिहीबार आकस्मिक रूपमा कोशी र मधेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई सिंहदरबारमा बोलाएर सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन् ।
