प्रतिनिधिसभा बैठक पुनः स्थगित

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ ।

बैठक सूचना टाँस गरेर भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

बैठकको प्रारम्भदेखि नै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर विपक्षी दलहरूले संसद् अवरोध गरेका र स्वतन्त्र छानबिनका लागि राजीनामा दिएर गृहमन्त्री रमेश लेखकले मार्ग प्रशस्त गर्नु पर्ने तथा उच्चस्तरीय छानबिन आयोग समिति गठन गर्नु पर्ने माग गर्दै आज पनि सदनमा विपक्षी दलहरूले नारावाजी गरेका थिए ।

शुरुमै विपक्षी दलहरूले उठेर निरन्तर अवरोध गरेपछि सभामुख देवराज घिमिरले बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए ।

विपक्षी दलहरूको निरन्तरको नारावाजी र अवरोधपछि सभामुख घिमिरेले बैठक स्थगित भएको घोषणा गरेका हुन् ।