पूर्वमन्त्री शास्त्रीको निधनको शोकमा कांग्रेसले स्थगित गर्‍यो औपचारिक कार्यक्रम

४, असार, काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री ढुण्डीराज शास्त्री (पौडेल) को निधनको शोकमा पूर्वनिर्धारित कार्यक्रमहरु स्थगित गरेको छ ।

पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल) को ९० वर्षको उमेरमा यही असार २ गते काठमाडौंको केएमसी अस्पतालमा निधन भएको थियो । उनको निधनको शोकमा कांग्रेसले आफ्ना कार्यक्रमहरु स्थगित गरिसकेको छ । केन्द्रीय कार्यालयमा भइरहेको वातावरण सम्बन्धी प्रशिक्षण कार्यक्रम असार ४ गतेदेखि ६ गतेसम्मका लागि स्थगित भइसकेको छ ।

शोकका कार्यक्रम सम्बन्धी निर्णयलाई औपचारिकता दिन केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । बिहान ८ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक सवा नौ बजेसम्म पनि सुरु हुन सकेको छैन ।