
२० असार,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेशका नेताहरुलाई विधान महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ ।
ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बिहिबार कर्णालीबाट प्रतिनिधित्व गर्ने एमाले पोलिटब्युरो सदस्य, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्ला कमिटीका पदाधिकारीसँगको भर्चुअल बैठकमा महासचिव पोखरेलले विधान महाधिवेशनमा जुट्न निर्देशन दिनुभएको ।
उहाँले नेताहरुलाई सामाजिक सञ्जालमा विश्वास नगर्न र पार्टी पंक्तिलाई एकताबद्ध राख्ने काम गर्नसमेत आग्रह गरेको एमालेले जनाएको छ ।
