
काठमाडौं ।नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले शपथ ग्रहणपश्चात कार्यभार सम्हाल्नुभएको छ ।

बुधबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ ग्रहण गराउनुभएको थियो। शपथपछि उहँले कार्यभार पनि सम्हाल्नुभएको छ । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसमते उपस्थिति हुनुहुन्थ्यो ।

घुस डिलको अडियो प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा यस अघिका मन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपान मन्त्री नियुक्त हुनुभएको हो ।
