
२१ जेठ,काठमाडौं ।सशस्त्र प्रहरी बलको हेडक्वार्टरस्थित एमटी शाखा (सवारी शाखा) मा आगलागी भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ।
सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)को नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन भएको जनाकारी दिएका छन्।
बुधबार राति ८ बजेतिर सशस्त्र हेडर्क्वाटरस्थित सवारी शाखामा आगलागी भएको थियो ।आगलागीबाट केही सवारीसाधनहरुमा क्षति पुगेको थियो।
सशस्त्रमा हेडक्वाटर यसअघि पनि आगलागी भएको थियो । त्यस्तै सतंगलस्थित सशस्त्रको स्टोरमा पनि यसअघि आगलागी भएको थियो ।
