संविधान संशोधन बहसपत्र कार्यदल र राजनीतिक दलबीच छलफल

७ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज बिहिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्र सम्बन्धी सुझाब संकलनका लागि राजनीतिक दलका नेताहरूसहित छलफल गरेको हो।

छलफलमा रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटी, नेकपाका माधव सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राष्ट्रिय मुक्ति पार्टी नेपालका केशव झालगायतसँग छलफल भएको बताइएको छ ।