
११ जेठ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका ११ पालिकामध्ये ८ वटाको अधिवेशन गरेर निर्वाचित समिति गठन गरेको छ ।
कागेश्वरी मनोहरा,गोकर्णेश्वर,चन्द्रागिरी,टोखा,तारकेश्वर,दक्षिणकाली,नागार्जुन र बूढानीलकण्ठ नगरपालिकाको अधिवेशन गरेर नयाँ नेतृत्व चयन भएको छ ।
पालिका अधिवेशनबाट सभापतिमा चयन हुनेहरूमा चन्द्रागिरीमा जनार्दन केसी,नार्गाजुनमा राजन कोइराला,तारकेश्वरमा विनोद चापागाईं, टोखामा सूर्यप्रसाद काफ्ले,बूढानीलकण्ठमा चिरञ्जीवी पाण्डे,गोकर्णेश्वरमा भागवत सापकोटा,कागेश्वरी मनोहरा राजकुमार न्यौपाने र दक्षिणकालीमा उमेश आचार्य छन् ।
रास्वपाका काठमाडौं जिल्ला सभापति प्रदीप विष्टका अनुसार,अधिवेशन सकिएका दुई पालिकामा सर्वसम्मत् नेतृत्व चयन भएको थियो भने अन्य छ वटामा निर्वाचन भएको थियो ।काठमाडौं सभापति विष्टका अनुसार टोखा र तारकेश्वर सर्वसम्मत नेतृत्व चयन भएको छ।
अधिवेशन हुन बाँकी रहेकाहरूमा काठमाडौँ महानगरपालिका सहित शंखरापुर र किर्तीपुर नगरपालिका छन् । काठमाडौं महानगरको अधिवेशन जेठ १८ गते तोकिएको छ भने शंखरापुरको जेठ १३ र कीर्तिपुरको जेठ १४ गतेका लागि तोकिएको छ ।
