आईपीएलमा हैदराबाद बेंगलोरसँग पराजित

काठमाडौं ।सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरसँग ३५ रनले पराजित भएको छ ।२

०७ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रन बनाएको थियो।हैदराबादका शहबाज अहमदले ३७ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक ४० रन बनाएका थिए ।अभिषेक शर्मा ३१,ट्रविस हेड १,एडेन माक्ररमम र हेनरिक क्लासेन ७९७ रनमा आउट भएका थिए भने, प्याट कमिन्स १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा आउट भएका छन् ।

त्यस्तै खेलमा बेंगलोरका स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले २र२ विकेट लिएका थिए।त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो ।

भने,बेंगलोरका रजत पाटीदारले २० बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५० रन बनाएका थिए ।