आजदेखि कक्षा १२ को परीक्षा शुरु

भक्तपुर । कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु हुँदैछ ।सो परिक्षा देशैभर एकैसाथ बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुदैछ । 

साथै परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिनुभएको छ। उहाँका अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुँदैछन्। त्यस्तै ग्रेड बृद्धितर्फ एक लाख छ सय ५० जना विद्यार्थी सहभागी हुने भएका छन् ।

परीक्षाका लागि बोर्डले देशभर एक हजार पाँच सय २५ परीक्षा र देशबाहिर जापानमा एक गरि कूल एक हजार पाँच सय २६ परीक्षा केन्द्रमा निर्धारण गरेको जनाएको छ।सबैभन्दा बढी काठमाडौँमा एक सय ४४ र मनाङ र मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डको भनाई छ।

पहिलो पटक बोर्डले यसवर्ष स्वचालित (स्यान्डम) प्रक्रियाबाट काडमाडौंका परीक्षा केन्द्र निर्धारण गरेको गरेको जनाएको छ ।देशभरका पाँच हजार पाँच सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुँदैछन्।

बोर्डले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन भनेको छ।परीक्षा वैशाख २६ गते सम्पन्न हुने हुनेछ।