
काठमाडौं।रोमका एक चित्रकार यस्तो व्यक्तिको चित्र बनाउन चाहन्थे,जसको अनुहार,सोझोपन,सरलता र दीनताको भाव स्पष्ट रुपले देखियोस् ।
वषौंको खोजपछि उनलाई त्यस्तै एउटा बालक फेला प¥यो र उनले त्यसको चित्र बनाए। चित्रको धेरै प्रसंसा भयो । उनको ख्याति चारैतिर फैलियो ।१५–२० वर्षपछ यस्तो व्यक्तिको चित्र बनाउने इच्छा भयो,त्यसको मुखबाट घोर क्रुरता र दृश्टताको भाव देखियोस्।
यस्तो व्यक्ति कारागारमा नै पाइने धेरै सम्भावना भएकाले उनि कारागारमा गए । त्यहाँ उनलाई खोजे\जस्तै एक कैदी फेला प¥यो ।कलाकारले त्यस कैदीलाई भने,‘म तिम्रो तस्विर बनाउन चाहन्छु ।कैदीले अलि डराउँदै भन्यो,“मेरो चित्र किन?” चित्रकारले पहिले बनाएको चित्र देखाए र आफ्नो अभिप्राय स्पष्ट पारे। त्यो चित्र देखेर कैदीले ठूलो स्वरले रुँदै भन्यो,“यो चित्र त मेरै हो ।”
चित्रकारले अश्चर्य मान्दै सोधे,“तिमी यस्तो अवश्थामा कसरी पुग्यौं”कैदिले पश्चतापको आँसु रोक्न सकेन र भन्यो “कुसङ्गतिमा परेर”। —प्रेरणै प्रेरणा
“विषय वासनाको कुसङ्गत गर्ने कामी मनुष्यको दशा बलेको दियो जस्तै हो जो आफ्नो आधार तेललाई पनि चुस्दछ, जसबाट ऊ बल्न सकेको हुन्छ । ती मानिस हीरा जस्तै हुन् जसको सदा काल आफ्नै स्वाभाविक प्रकाश हुन्छ । तिनले आफ्नो ज्ञान–प्रकाशद्वारा जिज्ञासु हृदयलाई प्रकाशित गर्दछन् ।” — सन्त कबीर
