कांग्रेस संसदीय दलको बैठकपछि संसदीय समितिको बैठक बस्ने

काठमाडौँ । कांग्रेस संसदीय दलको बैठकले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक प्रभावित भएको छ ।

सोमबार बिहान साढे १० बजेका लागि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठक कांग्रेसको बैठक बसिरहेकाले सुरू हुन सकेको छैन ।

स्रोतका अनुसार कांग्रेसबाट प्रतिनिधित्व गर्न सांसदहरू आएपछि परामर्श समितिको बैठक बस्नेछ ।

कांग्रेस संसदीय दलको बैठक चलिरहेको छ ।