अपडेट: थलीमा मृत अवस्थामा भेटिएका कृष्णको छोरा पनि घाइते अवस्थामा फेला

काठमाडौँ । प्रहरीले काठमाडौँको थलीमा मृत अवस्थामा फेला परेका कृष्ण नगरकोटीका छोरालाई पनि घाइते अवस्थामा फेला पारेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले ललितपुरको चाल्नाखेलबाट २१ वर्षीय रिचेनलाई घाइते अवस्थामा फेला पारिएको जानकारी दिए । यस्तै २९ वर्षीया छोरीलाई पनि प्रहरीले सेतो पुलमा फेला परेको छ । उनीसँग प्रहरीले सोधपुछ गरिरहेको छ ।

प्रहरीका अनुसार मृतक नगरकोटी सेतोपुलमा ट्याक्सी बिग्रिएपछि बनाउने मिस्त्री खोज्न भनेर सोमबार दिउँसो हिँडेका थिए । तर, उनी एकाएक गएराति थलीमा मृत्यु भेटिएपछि खोजतलासका क्रममा छोरा पनि घाइते अवस्थामा भेटिएका हुन् । छोरोको घाँटीमा चोट देखिएको छ भने मृतक बाबुको पनि घाँटीमै चोट देखिएको छ ।

प्रहरीले घटना रहस्यमय भएको भन्दै अनुसन्धान अनुसन्धान थालेको छ ।