यस्तो छ सञ्चारमन्त्री शर्माको सम्पत्ति विवरण

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आफ्नो सम्पत्ति विवरण उल्लेख गरेकी छन् ।

उनले आफ्ना श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौँको कीर्तिपुरमा ६ आना १ पैसा दुई दाम क्षेत्रफलमा घर रहेको उल्लेख गरेकी छन् । उक्त जग्गामा साढे २ तलाको घर रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार प्युठानमा जग्गा, चल सम्पत्तिमा ६ तोला सुन, २ तोला चाँदी, विभिन्न बैंकमा नगद मौज्दान रहेको उल्लेख गरेकी छन् ।

यस्तै एउटा होण्डाइ कार रहेको पनि उनको सम्पत्ति विवरणमा उल्लेख छ।